दाङ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बबई गाउँपालिका–१ मा अहिलेसम्म १० मत मात्रै खसेको छ भने बबई–७ को मलै क्षेत्रमा भने मतदान सुरु हुन सकेको छैन।
वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई–१ को गंगटे र भाङोबारी क्षेत्रमा भने मतदान जारी रहेको छ। निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार बबई–१ को जिल्ला मतदान केन्द्रमा ८८२ जना मतदाता रहेका छन्।यस्तै बबई–७ मलै मतदान केन्द्रमा ५३० जना मतदाता छन्। तर स्थानीयले ‘नो–भोट’ अभियान चलाएका कारण मतदान प्रक्रिया प्रभावित भएको छ।
यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ। वन्यजन्तु र मानिसबीचको बढ्दो द्वन्द्वका कारण स्थानीयले लामो समयदेखि पुनर्वास अर्थात् बस्ती स्थानान्तरणको माग गर्दै आएका छन्।माग सम्बोधन नभएको भन्दै प्रभावित स्थानीयले यसपटक मतदान बहिष्कार गर्दै ‘नो–भोट’ अभियान चलाएका हुन्।