काठमाडौँ । झापा जिल्ला को निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो साढे ३ बजेसम्म करिब ५५ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त समयसम्म मतदाताको उल्लेख्य सहभागितासहित ५५ प्रतिशत मत खसेको हो।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा झापा–५ विशेष रूपमा चर्चामा रहेको क्षेत्र मानिएको छ। यहाँ केपी शर्मा ओली र बालेन्द्र शाह बीचको प्रतिस्पर्धालाई लिएर राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान प्रक्रिया हालसम्म शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ र मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति उत्साहजनक रहेको छ।