काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभर साढे ४४ लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये करिब २४ प्रतिशत मत खसेको छ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा करिब २३ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत, बागमती प्रदेशमा १९ प्रतिशत, गण्डकी प्रदेशमा २१ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत र कर्णाली प्रदेशमा करिब ३१ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भने करिब ३६ प्रतिशत मतदान भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभर शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ। आयोगले बेलुकी ५ बजेसम्म निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ। हालसम्म मतदान प्रक्रियामा कुनै ठूलो अप्रिय घटना नघटेको पनि आयोगले जानकारी दिएको छ।