काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई आज हेलिकप्टर प्रयोग गरेर झापा जान निर्वाचन आयोगले हिजो नै अनुमति दिइसकेको पाईएको छ ।
निर्वाचन आयोगमा अनुमति माग भएकोमा हेलिकप्टर प्रयोग वापतको खर्चको विवरण छुट्टै राख्ने गरी अनुमति दिएको थियो । आज बिहान बालेन चढेको हेलिकप्टर झापामा गएपनि सुरक्षा संयन्त्रले अवतरणमा गर्दा सुरक्षा थ्रेट देखेसँगै ओखलढुंगाबाट फर्किएको जनाएको छ ।
यता कतिपयले बालेनले हेलिकप्टरको अनुमति नै नलिएको दाबी गरिरहेका थिए ।
