काठमाडौं । निर्वाचन आयोगले देशभर सहज रूपमा मतदान भइरहेको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “सबैतिर सहज रूपमा मतदान भइरहेको छ । कति मत खसिरहेको छ भन्ने अपडेट छिटै गराउँछौँ ।”
देशभर बिहान ७ बजेबाट मतदान भइरहेको छ । साँझ ५ बजेसम्मको समय तोकिएको छ । मतगणना सुरु भएको २४ घण्टामै प्रत्यक्षतर्फको परिणाम दिने आयोगको भनाइ छ ।
बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार १२० मत खसेको आयोगले जनाएको छ ।