काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदेछ । बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
मतदान गर्न जाँदा मतदाताले केही नियम पालना गर्नुपर्ने हुन्छ । मतदान गर्न जाँदा निर्वाचन चिह्न वा झन्डाअंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट लोगो, ब्याच, मास्क, स्टिकर, लगायन वा झोला बोक्न नहुने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, मतदान केन्द्रमा प्रज्वलनशील पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान पाइँदैन । मतदान केन्द्रमा कुनै नशालु वा मादकपदार्थ सेवन गर्न नहुने आयोगले जनाएको छ ।
