कोलकाता । न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।
कोलकातास्थित इडेन गार्डन्स स्टेडियममा जारी विश्वकपको पहिलो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सैंटनरले टस जितेर बलिङ रोजेका थिए । साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
जबाफमा कीवी टोलीले १२.५ ओभरमा मात्र १ विकेट गुमाएर १७० रनको लक्ष्य पूरा गर्यो । यस जितमा फिन एलेनको ३३ बलमै १० चौका र ८ छक्का प्रहार गर्दै १०० रन प्रहार गरे ।
उनले टी–२० वर्ल्ड कपमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान समेत बनाएका छन् । यसअघि सन् २०१६ मा क्रिस गेलले ४७ बलमा शतक बनाएका थिए । न्यूजील्याण्डले अब फाइनलमा भारत र इंग्ल्यान्डबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ।