काठमाडौं । सुर्खेत विमानस्थलमा अवतरणका क्रममा श्री एयरलाइन्सको विमानको टायर पड्किएको छ ।
काठमाडौंबाट सुर्खेतका लागि उडेको एसएचए १२३ ९एन- एओएल कलसाइनको जहाजको टायर अवतरणका क्रममा पड्किएको प्रहरीले जानकारी दिएको छ ।
उक्त जहाज काठमाडौंबाट बुधबार दिउँसो टेकअप गरेको थियो । सुर्खेत विमानस्थलमा दिउँसो ३:५० मा अवतरणका क्रममा जहाजको टायर पड्किएको हो ।
विमानको पछाडिको बायाँ तर्फको बाहिरपट्टीको टायर घर्षणका कारण पड्किएको जनाइएको छ । टायर पड्किए पनि सुरक्षित अवतरण भएको र यात्रु सुरक्षित रहेको जनाइएको छ ।