काठमाडौं । भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको तयारी पूरा भएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
निर्वाचनमा ठुलो संख्यामा मत बदर समेत हुँदै आएको छ । निर्वाचन आयोगले मत बदर रोक्न मतदाता शिक्षा प्रदान गरिसकेको छ ।
दुई वा दुईभन्दा बढी निर्वाचन चिह्नमा छाप लगाइएमा,एकभन्दा बढी ठाउँमा मत संकेत गरेमा,स्वीकृत छाप (स्वस्तिक) बाहेक अन्य चिन्ह/सङ्केत प्रयोग गरेमा मत पत्र बदर हुन्छ ।
यस्तै कोठा (बक्स) बाहिर छाप लगाएमा मतपत्रमा औंठाछाप वा अन्य छाप प्रयोग गरेमा, चारवटै कोठामा मत संकेत गरेमा,मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भएमा मत बदर हुन्छ । त्यसकारण यी माथिका कुराहरूलाई ध्यान दिन सके मत बदर रोक्न मद्दत पुग्नेछ ।
