काठमाडौँ । आज राति देखि फ्लाई दुबईले दुबई–काठमाडौं दोहोरो उडान सञ्चालन गर्ने भएको छ । शनिबार अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणपछि पैदा भएको तनावपछि त्यस क्षेत्रका ९ वटा मुलुकले हवाई क्षेत्रमा उडान रोकेका थिए ।
बुधबार राति खाडीबाट सञ्चालनमा आउने यो पहिलो नियमित उडानमध्ये एक हुनेछ । सामान्य अवस्थामा फ्लाई दुबईले दैनिक तीनवटा उडान नेपालमा गर्दै आएको छ ।
विमानस्थलका प्रवक्ताद्वारा जारी जानकारीअनुसार, यस विशेष उडानअघि क्षेत्रीय हवाई मार्ग बन्द हुँदा खाडीका लागि ७ वटा वायुसेवाका ७० हाराहारी उडान रद्द भएका थिए ।
सुरक्षा मूल्यांकन र आवश्यक सावधानी अपनाएर यूएईका एयरलाइन्सहरूले क्रमशः केही उडान फेरि सुरु गरेका छन् ।यसैअनुसार, नेपाल उडान पनि खुला हुने भएको छ ।