काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा उम्मेदवारको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा राख्दै आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेर छाडेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालका अनुसार उनलाई सोधपुछ गरेर छाडिएको हो ।
उम्मेदवारका तस्वीरहरू तथा भिडियो सामाजिक सञ्जालबाट हटाउन लगाएर उनलाई प्रहरीले छाडेको हो ।
टिकटकर कार्कीले विभिन्न उम्मेदवारका तस्वीर तथा भिडियोजन्य सामाग्री मौन अवधिमा पनि सार्वजनिक गर्दै आएका थिए ।