काठमाडौं। नेपालमा यही मार्च १० देखि २० तारिखसम्म आयोजना हुन लागेको आईसीसी विश्वकप लिग २ को खेल स्थगित भएको छ।
अमेरिका, इजरायल र ईरान युद्धका कारण मध्यपूर्वमा देखिएको अस्थिरताका कारण उक्त खेल स्थगित भएको हो । लिग २ श्रृङ्खला मा नेपाल, युएई र ओमानबीच कीर्तिपुर क्रिकेट रंगशाला र मूलपानीमा खेल हुने तय थियो ।
जसमा ३ वटै टोलीले ४/४ खेल खेल्ने तय भएको थियो । नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि खेल रोकिएको जनाएको छ।