काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तार्केश्वर नगरपालिकाअन्तर्गत काठमाडौं क्षेत्र नं. ६ का मतदान स्थलको अनुगमन गरेका छन्।
बुधबार गरिएको निरीक्षणका क्रममा उनले सुरक्षा व्यवस्था, मतदाताको आवागमन र आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन्।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल तथा सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए।
सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै निकायलाई सतर्क रहन निर्देशन दिएका छन्।