काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पैसा बाँड्दै हिँडेको अवस्थामा पक्राउ परेका धनुषा क्षेत्र नम्बर–४ का स्वतन्त्र उम्मेदवार छुटेका छन् । मंगलबार पक्राउ परेका स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई हाजिर जमानीमा रिहा गरिएको धनुषाका एसपी रुगम कुँवरले जानकारी दिएका छन् ।
प्रहरीले उनको साथबाट ४८ हजार ५ सय नगद र डायरी बरामद गरेको थियो । बोलाएको बेलामा आउने गरी महरालाई हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको एसपी कुँवरले बताए । पैसाको हिसाब उल्लेख भएको डायरी र नगद प्रहरीले बरामद गरेको छ ।