काठमाडौँ । काठमाडौँमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान स्थल निर्माणको काम तीव्र रूपमा भइरहेको छ। रत्नराज्य स्कूल मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत सुशील आचार्यका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।
निर्वाचन आचारसंहिताअनुसार शान्ति भंग नगर्ने, मदिरा बिक्री वितरणमा रोक लगाउने लगायतका निषेधित क्षेत्रसम्बन्धी मुचुल्का ४८ घण्टाअघि नै टाँसिसकिएको उनले बताए। मतदान केन्द्रमा बुथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसैगरी, वसन्तपुरस्थित हनुमानढोका मतदान केन्द्र (ग) मा पनि मतदान स्थल निर्माणको काम जारी रहेको छ। फागुन २१ गते हुने मतदानका लागि आवश्यक तयारी धमाधम भइरहेको जनाइएको छ।