काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको भन्दै सामाजिक सञ्जालमा चलेको हल्ला भ्रामक रहेको निर्वाचन आयोगले जनाएको छ ।
सञ्चारमाध्यमले तामाङसँग जर्मनीको पीआर रहेको भन्दै आज उनको उम्मेदवारी आयोगले रद्द गर्न लागेको समाचार प्रकाशन गरेका छन्। तर, आयोगले भने तामाङको उम्मेदवारी कायम रहेको जनाएको छ ।
नारायण प्रसाद भट्टराईले, मिडियाले आफूखुशी समाचार लेख्छन्, आफैं निर्णय सुनाउँछन् । त्यसमा कुनै पनि सत्यता छैन ।
निर्वाचनको मनोनयन दर्ताका बेला पनि तामाङसँग जर्मनीको पीआर रहेकाले उनी उम्मेदवार बन्न नसक्ने दावी विरोधिहरुले गरेका थिए । त्यसबेला तामाङले आफुसँग विगतमा जर्मनीको टिआर (टेम्पोरेरी रेजिडेन्सी भिसा) रहेको भए पनि अहिले निस्क्रिय भइसकेको बताएकी थिइन्। आवश्यक जाँचबुझपछि आयोगले उनको मनोनयनपत्र स्वीकार गरेको थियो ।