काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन्।
सेमिफाइनलको यो पहिलो खेल भारतको इडेन गार्डेन मैदानमा हुँदैछ। यो खेल बुधबार साँझ ७: १५ बजे सुरु हुँदैछ। समूह चरणका चार खेलमा विजयी हुँदै समूह ‘डी’को विजेता बनेर सुपर–८ प्रवेश गरेको दक्षिण अफ्रिकाले यो विश्वपमा हारको. सामना गरेको छैन।
सुपर–८ को समूह एकमा रहेको दक्षिण अफ्रिकाले पहिलो खेलमा भारतलाई ७६ रनले हराउँदा दोस्रो खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको जित निकालेको छ। अन्तिम खेलमा जिम्बावेलाई पाँच विकेटले हराएको हो।
यता न्युजिल्यान्ड भने समूह चरणदेखि नै विभिन्न उतारचढावको सामना गर्दै सुपर–८ हुँदै समेमिफाइनल पुगेको हो।समूह चरणका चार खेलमा तीन जित र एक हारको सामना गरेको न्युजिल्यान्ड सुपर–८ मा समेत अंक बाँडेकै आधारमा सेमिफाइनल पुगेको हो।
सुपर आठका तीन खेलमध्ये पाकिस्तानसँगको पहिलो खेल वर्षाले अवरुद्ध हुँदा एक अंक पाएको न्युजिल्यान्डले दोस्रो खेलमा सहआयोजक श्रीलंकालाई ६१ रनले हराउँदा अन्तिम खेलमा भने इंग्ल्यान्डसँग चार विकेटले पराजित भएको हो।
दोस्रो सेमिफाइनलमा भने बिहीबार भारत र इंग्ल्यान्ड भिड्दैछन्। टी–२० विश्वकपको फाइनल आइतबार हुँदैछ।