जनकपुर। सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए ।
रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उनी सिनियर अहेब हुन् । मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।