काठमाडौँ । ललितपुरको पुल्चोकमा रहेको एक रेष्टुरेन्टमा मंगलबार दिउँसो आगलागी भएको छ। पुल्चोकस्थित ‘दाउरा थकाली’ नामक रेष्टुरेन्टमा अचानक आगो लागेको हो।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी र दमकल टोली प्रयासरत रहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।