काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक भेरिफाइड फेसबुक पेज एकाएक ‘गायब’ भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको प्रमाणित फेसबुक पेज गायब भएको छ । बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटा (फेसबुक)ले उक्त पेजलाई हालका लागि लक गरिदिएको बुझिएको छ ।
सोमबार मौन अवधि सुरु हुनु अगाडी उनले सो पेजमार्फत मत माग्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए । अहिले उक्त पेज खोज्दा भेटिदैन् ।