काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचार प्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ ।
निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचार प्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन ।
मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुल लगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।
अरू के-के गर्न पाइँदैन
१. निर्वाचन प्रचारप्रसारमा रोक
२. भोज, भतेर, हुलहुज्जत गर्न नहुने
३. सामाजिक सञ्जालमा कडाइ
४. कुनै पनि तरिकाबाट मत माग्न नपाइने
५. मतदानमा बाधा पुर्याउन नहुने
६. विज्ञापन हटाउनुपर्ने
७. मतदान केन्द्रमा शान्ति कायम राख्ने
८. प्रचार सामग्री हटाउनुपर्ने
