काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको बताउँदै अनावश्यक स्टोर नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेका हुन्।
उनले पेट्रोलियम पदार्थ ड्रम वा क्यानमा स्टोर गर्दा जोखिम बढ्ने भन्दै सचेत गराएका छन्।
सम्भावित आगलागीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमले आग्रह गरेको छ।