काठमाडौँ । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ ।
फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ ।
२३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो । साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ फर्कनेहरू बढेका छन् ।