काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले शनिबार ट्राभल एडभाइजरी जारी गर्दै दुवै देशको स्थिति सामान्य नभएसम्म भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।
यस्तो मन्त्रालयको एडभाइजरीका ६ बुँदा
- इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशन र सल्लाहको पूर्ण रूपमा पालना गर्ने,
- सकेसम्म घरभित्रै रहने, सतर्कता अपनाउने, सावधानी अपनाउने र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहने,
- इजरायल र इरानका आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्ने,
-काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा रहने,
- इजरायल वा इरान भ्रमणको योजना बनाइरहनुभएका नेपाली नागरिकलाई दुवै देशको स्थिति सामान्य नभएसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न कडा आग्रह गरिन्छ,
-मध्यपूर्वका अन्य देशमा बसोबास गरिरहेका र कार्यरत नेपाली नागरिकलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न र सम्बन्धित देशका निकायले सुझाएका सुरक्षा उपाय पालना गर्ने।