काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप २०२६ मा राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने लोकेश बम र शेर मल्ललाई धनगढीको एसपीए कलेजले ‘एसपीए सम्मान’ प्रदान गरेको छ ।
एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश तथा ब्रान्ड एम्बासडर शेरलाई कलेजले एक लाख रुपैयाँसहित सम्मान गरेकोे हो । कलेजको २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार (फागुन १५) एक समारोहबीच दुवै खेलाडीलाई सम्मान गरिएको थियो ।
मुम्बईमा भएको विश्वकपमा लोकेश र शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए । इङल्यान्डविरूद्दको खेलमा विस्फोटक ब्याटिङ गरेका लोकेशले खेललाई अन्तिम बलसम्म तानेका थिए । सो क्रममा उनले २० बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ३९ रन बनाए ।
त्यस्तै, राष्ट्रिय टोलीमा पहिलोपटक समावेश भएका शेरले आफ्नो पहिलो खेलको पहिलो बलमा नै फिल सल्टको विकेट लिएर नयाँ कीर्तिमान रचेका थिए ।जय ट्रफी खेलिरहेका कारण सम्मानपत्र लोकेश बमकी आमा शान्तादेवी बमले ग्रहण गरेका थिईन् ।