काठमाडौं । सूचना तथा प्रसारण विभागले प्रतिनिधिसभा निर्वाचन २०८२ का अवसरमा समाचार संकलन प्रयोजनका लागि पत्रकार तथा सञ्चारकर्मीलाई सवारी साधन प्रयोगसम्बन्धी अनुमति सिफारिस दिने भएको छ।
विभागले एक सूचना जारी गर्दै ‘निर्वाचन आयोगको सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार सवारी साधन अनुमति प्राप्त गर्न आवश्यक सिफारिस सूचना विभागबाट प्रदान गरिने जनाएको हो। सिफारिसका लागि सम्बन्धित सञ्चार प्रतिष्ठानले आवश्यक संख्यामा पत्रकारहरूको एकमुष्ट नामावली तथा सवारी साधनको विवरण तोकी विभागमा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ।
