काठमाडौँ । गोदावरी नगरपालिका–५, सुनारटोलमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। स्थानीयले उनलाई बचाउन चितुवा मार्न बाध्य भए ।
बिहीबार साँझ साढे ८ बजे ६१ वर्षीय रण बहादुर गर्तौला घर फर्किंदै गर्दा गोरेटो बाटोमा अचानक चितुवाले आक्रमण गरेको थियो। घटना सोलुखुम्बु घर भई सुनारटोल बस्दै आएका गर्तौलासँग भएको हो।
स्थानीयले तत्काल उद्धार गरी उनलाई उपचारका लागि लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएका छन्। उनका स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
चितुवा मारिएको विषयमा जिल्ला वन कार्यालयसँग समन्वय भइरहेको पनि ललितपुर प्रहरीले जानकारी दिएको छ।