काठमाडौं । निर्वाचन आयोगमा ४३ राजनीतिक दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । हालसम्म ४३ दलले घोषणापत्र बुझाएका आयोगको कानुन तथा राजनीतिक दल महाशाखाले जनाएको छ ।
जसअनुसार राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी, समावेशी समाजवादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाल, त्रिमुल नेपाल, जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशनले घोषणापत्र बुझाइसकेका छन् ।
त्यस्तै, नेपाल जनता पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेशनल रिपब्लिक नेपाल, एकल चुनाव चिह्न बस भएका दलले चुनावी घोषणापत्र बुझाएका छन् ।
त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को घोषणापत्र आयोग पुगेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, उज्यालो नेपाल पार्टी, नागरिक सर्वोच्चता पार्टी, नेपाल, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनादेश पार्टी, नेपाल, जय मातृभूमि पार्टी, नेपालका लागि नेपाली पार्टीले घोषणापत्र आयोगमा बुझएका छन् ।
नेपाल मातृभूमि पार्टी, जनता समाजवादी पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाली श्रमदान संस्कृति पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनमत पार्टीको घोषणापत्र आयोगमा दर्ता भएको छ । यता, मितेरी पार्टी, नेपाल, सार्वभौम नागरिक पार्टी, पिपुल फस्ट पार्टी, नेपाली जनता दल, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी ९पुष्पलाल०, जनप्रिय लोकतान्त्रिक पार्टीको घोषणापत्र आयोगमा पुगेको छ ।
नेकपा एमालेसहितका केही दलले घोषणापत्र सार्वजनिक गरेका छन् । तर, आयोगमा बुझाएका छैनन् । आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाएर मात्र चुनावी प्रचारमा जान दलहरूलाई निर्देशन दिएको थियो । यही फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसार सुरु गरिएको हो ।
निर्वाचन आचारसंहिताको दफा ३७ मा दल र उमेदवारले घोषणापत्र बुझाउनुपर्ने उल्लेख छ । प्रत्येक वर्ष त्यसको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ । तर, दलहरूले चुनावी घोषणापत्र बुझाउनै अटेर गरेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६१ चुनाव चिह्नबाट ६५ दल प्रतिस्पर्धामा छन् । समानुपातिकर्फ ६६ दल छन् ।