काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भूसाललाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
केन्दीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले शक्तिबहादुर बस्नेत र डा. निकोलस भूसाललाइ र श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लंघनका उजुरी परेका छन् । उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टिकरण सोधिएको जानकारी दिए । तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुनः स्पष्टिकरण सोधिएको पनि जबराले जानकारी दिए ।
दुई जना कर्मचारीलाई सचेत गराएका छौं । र आचारसंहिता ख्याल नगरेर एउटा संस्थानले कर्मचारीलाई निकालिदिएको भन्ने उजुरी परेको थियो । उनीहरुलाई पुनर्बहाली गर्न आयोगले निर्देशन दिएको छ, उनले भने, अहिले देशभर सरदर ३ सय जना उम्मेदवारलाई स्पष्टीकरण सोधेका छौं । केन्द्रीय निर्वाचन आयोगबाट ८२ जनालाई स्पष्टीकरण सोधिएको छ । ६ जनाको स्पष्टीकरण चित्त नबुझेको कारण फेरी सोधिएको छ । ५७ जनाबाट जवाफ प्राप्त भएको छ ।