काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनगर गर्दै गृह मन्त्रालयले ३ दिन बिदा दिएको छ । आज एक सूचना जारी गर्दै मन्त्रालयले फागुन २०, २१ र २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले ३ दिन बिदा दिन प्रधानमन्त्री कार्यालयलाई सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार मन्त्रिपरिषद्को बैठकले तीन दिन बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयबमोजिम मन्त्रालयले आज सार्वजनिक बिदाको सूचना जारी गरेको हो ।
