काठमाडौँ । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बुधबार राति करिब सवा ९ बजे रैनादेवी छहरा गाउँपालिका–१ क्षेत्रमा सिद्धेश्वरबाट सर्देवा जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा परी टिपर चालक रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीका ३४ वर्षीय खिमबहादुर सोमई गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। तर चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।