काठमाडौँ । मंगलबार सर्वोच्चले बन्दीप्रत्यक्षीकरण रिट जारी गदै हिरासतमुक्त गर्न आदेश दिइएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ आज हिरासतमुक्त हुने भएका छन् ।
काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले प्रसाईँलाई मंगलबार छाड्न नसकेको हो । कार्यालय समय सकिइसकेकाले ती प्रक्रिया पूरा गर्न नसकिएकोले बुधबार प्रक्रिया पूरा गरी छाड्न लागेको हो ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको थियो । प्रसाईँलाई पनि निर्वाचन विथोल्ने प्रयास गर्नसक्ने भन्दै प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो ।