काठमाडौं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारको लागि ५ लाख आर्थिक सहयोग गरेको छ। केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारको लागि पार्टीले आर्थिक सहयोग गर्ने जानकारी गराएका हुन्।
सभापति गगन थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गर्नु भएका प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ।
