काठमाडौँ ।संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
नेपालको पूर्वी क्षेत्रमा निरन्तर भूकम्प आइरहेको छ। यसअघि इलाम, ताप्लेजुङसहितका क्षेत्रमा पनि विभिन्न समयमा भूकम्पको धक्का आइरहेको छ।