काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबारको सुपर ८ को पहिलो खेलमा वर्षा बाधक बनेको छ।
श्रीलंकाको कोलम्बोमा शनिबार साँझ सवा ७ बजे सुरु हुनुपर्ने न्युजिल्यान्ड र पाकिस्तानबीचको खेलमा वर्षा भएपछि एकएक अंक बाँडेका हुन्।
सुपर ८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् भने दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । टी-२० विश्वकप २०२६ को फाइनल खेल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।
सुपर ८ का दुई खेल हुँदैछन्। विश्वकपमा शनिबारबाट सुपर ८ का खेल सुरु भएका हुन् । पहिलो खेल वर्षाले अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन्। २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।
सुपर ८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ।
दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा हुने यो भिडन्त साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।
भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो । यो विश्वकपको समूह चरणमा दुवै टिम अपराजित छन्। टी-२० विश्वकप २०२६ को फाइनल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।