काठमाडौँ । अब उम्मेदवारहरुले चुनावी प्रचारमा जाँदा गाडीको छतबाट हात हल्लाउँदै हिड्न नपाउने भएका छन् ।
बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा गर्न रोक लगाउने निर्णय गरेको हो ।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार उम्मेदवारहरूको सुरक्षाका लागि सरकारले यस्तो निर्णय गरेको हो ।
विषेशगरी रास्वपाका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारमा हिड्दा रुफटप गाडीबाट अभिवादन गर्दै हिड्ने गरेका थिए ।