काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने आठ टिमको टुंगो लागेको छ । समूह चरणका केही खेल बाँकी हुँदै सुपर आठको समीकरण पूरा भएको हो ।
भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर आठ प्रवेश गरेका हुन् । अस्ट्रेलियालाई पाखा लगाउँदै विश्वपमा जिम्बावे फेरि उदाएको हो । अस्ट्रेलियालाई पाखा लगाएर सुपर आठका खेल हुँदै गर्दा यो विश्वकप विशेष बन्दैछ ।
चार वटा समूह चरणको प्रतिस्पर्धामा अब्बल देखिएका दुईदुई टिम सुपर आठ प्रवेश गरेका हुन् । समूह ‘ए’ का पाँच देशले सबै खेल खेलिसकेका छन्। यो समूहबाट भारत र पाकिस्तान अघिल्लो चरण प्रवेश गर्दा अमेरिका, नेदरल्याण्ड्स र नामिबिया बाहिरिएका छन् ।
यो समूहबाट अमेरिकाले दुई खेल र नेदरल्याण्ड्सले एक खेल जित्दा नामिबिया अंकबिहीन हुँदै बाहिरिएको हो। समूह ‘बी’बाट श्रीलंका र जिम्बावे सुपर आठ पुगेका छन् । समूह चरणको अन्तिम खेलमा भने यी दुवै टोलीले एक अर्काविरूद्ध बिहीबार खेल्दैछन् ।