काठमाडौँ । अरनिको राजमार्गस्थित बनेपामा बुधबार बिहान टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बनेपाको दूरसञ्चार कार्यालय नजिक ठक्कर दिएको थियो। दुर्घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन्। प्रदर्शन रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। हाल अरनिको राजमार्ग अवरुद्ध छ र प्रदर्शन जारी छ।