काठमाडौं ।स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ ।
आईसीसी टी २० विश्वकप अन्तरगत मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको हो।
टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोडेको हो ।