काठमाडौं । नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
मुम्बईस्थित वानखेडे रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए ।
नेपाल लगातार दोस्रो संस्कण जितविहिन हुने संघारमा छ । सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहिन बनेको थियो ।
त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ ।