काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र स्कटल्यान्डको खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भारतको मुम्बईस्थित वनखेडे मैदानमा हुँदैछ ।
समूह ‘सी’मा रहेको नेपाल तीन खेल खेल्दा अंकबिहीन छ । स्कटल्यान्डले भने दुई अंक जोडेको छ ।