काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को सुपर ८ मा पुग्ने पाँच टिमको टुंगो लागेको छ । प्रतियोगिताको १०औँ दिन सोमबार भएका तीन खेलको नतिजासँगै सुपर–८ खेल्ने आठ टिममध्ये पाँच टिम तय भएका हुन् । हालसम्म प्रतियोगिताको समूह ‘ए’ बाट भारतले सुपर–८ मा स्थान बनाएको छ ।
यस्तै, समूह ‘बी’ बाट श्रीलंकाले स्थान बनाउँदा समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर–८ मा प्रवेश गरेका छन् । यसैगरी समूह ‘डी’ बाट दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान बनाएको छ ।
बाँकी तीन स्थानका निम्ति अझै पनि तीन समूहका टोलीहरुबीच प्रतिस्पर्धा जारी छ । समूह ‘सी’ बाट मात्रै हालसम्म सुपर–८ पुग्ने दुवै टिम टुंगो लागेका हुन् ।