काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी अनलाइनलाई कारबाही गर्न भन्दै प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।
निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गरेको भन्दै ‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगले पत्राचार गरेको हो।
आइतबार 'सेतोपाटी चुनाव विश्लेषण–१ शृंखलाअन्तर्गत चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो' समाचार प्रकाशित भएको थियो । त्यसपछि आज पनि सेतोपाटीमै 'भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ' शीर्षकमा अर्को समाचार सार्वजनिक भएको थियो ।
ती समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आवश्यक कारबाही गर्न काउन्सिललाई सोमबार पत्राचार गरेको आयोगले जनाएको छ ।