काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उमेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आइतबार विभिन्न निर्देशन सार्वजनिक गरिएको हो ।
आयोगले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । आर्थिक सहायता, चन्दा, पुरस्कार दिन आयोगले रोक लगाएको छ । आयोगले जुलुस, प्रचारप्रसारका निम्ति समयसीमा तोकेको छ ।