काठमाडौँ । दशरथ रङ्गशालामा दोस्रो संस्करणको राष्ट्रिय हक्की प्रतियोगिता संञ्चालन हुने भएको छ । फागुन ४ देखि ११ गतेसम्म नेपाल हक्की सङ्घको आयोजनामा हुन लागेको हो । संघले आज शुक्रबार पत्रकार सम्मेलनकोे आयोजना गर्दै उक्त बिषयमा जानकारी दिएको हो । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ५ टोलीको सहभागिता रहने हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। आयोजकका अनुसार प्रतियोगितामा विजेतालाई ७५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको हो । त्यस्तै उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपियाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई दुई हजार रुपियाँ प्रदान आयोजकले जनाएको हो । प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख रुपियाँ खर्च हुने बताईएको छ ।
हक्की सङ्घले यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी पुरुष र महिलाको राष्ट्रिय टोली बनाउन लागेको सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए ।