काठमाडौँ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्ति चरणमा पुगेको जनाएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले शुक्रबार आयोजितनिर्वाचन र आमसंचार विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्याशालामा चुनावको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार निर्वाचनको सबै सामग्री आइपुगेको र मतपत्र छापिएर सम्बन्धित क्षेत्रमा पुर्याउने काम चलिरहेको जनाएको छ । यस्तै उम्मेदवारहरूले प्रचारप्रसारमा आचारसंहितामा उलंघन गरेको पाइएमा आयोगलाई जानकारी गराउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गरे ।