काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।
मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।