काठमाडौं । राष्ट्रियसभाको अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन शुक्रबार रातिदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।
प्रतिनिधिसभा नभए पनि राष्ट्रियसभाको अधिवेशन चलिरहेको थियो । यो अधिवेशनले चलचित्र विधेयकलगायतका विधेयकहरू पारित गरेको थियो ।