काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्मका निम्ति निषेधाज्ञा जारी गरेको छ । बिहीबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
यो अवधिमा उक्त क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभाजस्ता विरोधका कार्यक्रम गर्न नपाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० ईश्वरराज पौडेलले जारी गरेको आदेशमा उल्लेख छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत केही राजावादीले उक्त क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिरहँदा प्रशासनले रोक लगाएको हो ।
