भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई १ सय ८३ रनको लक्ष्य दिएको छ । आर प्रेमादासा रंगशाला कोलम्बोमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।
उसका लागि मार्कश स्टोइनिसले सर्वाधिक ४५, म्याट रेन्सो, जोश इङ्लिसले ३७/३७, क्यामरुन ग्रीन, कूपर कोनोली र जेभियर बार्टलेटले अविजित ११/११ रन बनाए । आयरल्याण्डका लागि मार्क अडायरले २, म्याथ्यू हम्फ्रेस, जर्ज डकरेल र ह्यारी टेक्टरले एक/एक विकेट लिए